लागुऔषध सहित नियन्त्रणमा

काठमाण्डौ, ११ भाद्र

           महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले यही साउन १० गते १५:३० बजे काठमाण्डौ महानगरपालिका-३१ मध्यबानेश्वर स्थित सडकमा चेकजाँच गर्दा सोही ठाउँ बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-५ का  अजय दासलाई लागुऔषध सहित पक्राउ गरेको छ । निजको साथबाट लागुऔषध फेनरागन, नुरफिन र डाईजेपाम गरी जम्मा २३० एम्पुल बरामद गरेको थियो ।

            साथै महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले यही भाद्र १० गते १०:३० बजे काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका-७ हरहरमहादेबबाट सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-८ घरभई काठमाण्डौ काडाँघारी बस्ने बर्ष-२७ को अनिल बोहोरा र बर्ष-३२ को बिनोद बोहोरालाई लागुऔषध सहित पक्राउ गरेको छ । निजहरूको साथबाट  ब्राउन सुगर १ ग्राम  बरामद गरेको थियो ।

          साथै महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले यही साउन १० गते १९:०० बजे काठमाण्डौ महानगरपालिका-७ कुमारीगालबाट सोही ठाउँ बस्ने महोत्तरीका आशुतोस अधिकारीलाई पक्राउ गरेको छ । निजको साथबाट फेनरागन, नुरफिन र डाईजेपाम गरी जम्मा १४४ एम्पुल लागुऔषध बरामद गरेको थियो ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।