रेड पाण्डाको छाला सहित नियन्त्रणमा

काठमाण्डौ, ९ भाद्र

           महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटीएको प्रहरी टोलीले रेडपाण्डाको छाला सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ८ गते १४:३० बजे बुढानिलकण्ठ नगरपालिका ८ हात्तीगौडामा कपडा पसल संचालन गरी वस्ने म्याग्दीका उप्रेन्द्र मल्ल र बाग्लुङ गलकोट ९ का केशबराज गौतमलाई ३ फिट लामो रेडपाण्डाको छाला सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।