आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, ९ भाद्र

           महानगरिय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका-१६ वाईपासमा डिउटीमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.५ ख. ६७५२ नम्बरको ट्रिफरका धनी ललितपुर गोदावारी नगरपालिका-३ बस्ने पबन सिलवाललाई पक्राउ गरेको छ । प्रहरीले यही ९ गते १:५० बजे ट्रिफरलाई चेकजाँच गर्दा माझीले प्रहरीलाई नगद ५ सय दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।