लागुऔषध सहित नियन्त्रणमा

काठमाण्डौ, ९ भाद्र

            महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ८ गते १४:३० बजे भक्तपुर, मध्यपुर नगरपालिका-६ ठिमीबाट पुरानो ठिमी बस्ने मकवानपुरका विशाल वाईवा र विजय लामालाई ट्रमा १० ट्याबलेट, नुफीन र डाईजेल्याप गरी ४ एम्पुल, फेगस्टार १० ट्याबलेट, गाँजा ५ ग्राम सहित पक्राउ गरेको छ । यसै गरि सोही नगरपालिका-७ नगदेशबाट मध्यपुर ठिमी नगरपालिका-५ टोगु बस्ने अजय भासीमा र सिन्धुपालल्चोकका नारायण उप्रेतीलाई लागुऔषध फेनरागन, नुरफिन र डाईजेपाम गरि २२ एम्पुल, नाईट्राभेट १ ट्याबलेट, ट्रमा १० ट्याबलेट र गाँजा ५ ग्राम सहित पक्राउ गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।