घरेलु मदिरा नष्ट

काठमाण्डौ, ७ भाद्र

            काठमाण्डौ महानगरपालिका ६ सरस्वती नगर स्थित पदम लामाले भाडामा लिई घरेलु मदिरा उत्पादन गरिरहेको भन्ने सूचनाको आधारमा  यही भाद्र ६ गते १३:३० बजे महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा घरेलु मदिरा उत्पादन गर्दै गरेको अवस्थामा ६ हजार ७ सय लिटर तयारी  घरेलु मदिरा र १५ हजार लिटर कच्चा पदार्थ बरामद गरी स्थानिय प्रतिनिधी, पत्रकार र प्रहरी टोलीको रोहवरमा सोही स्थानमा नष्ट गरिएको थियो ।  साथै यही भाद्र ६ गते १७:०० वजे काठमाण्डौ चन्द्रागिरी नगरपालिका १४ नैकापमा महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा धन बहादुर महर्जनको संचालन गरेको खाजा घरबाट ३ हजार घरेलु मदिरा  र मदिरा उत्पादन गर्ने कच्चा पदार्थ १ हजार ५ सय लिटर बरामद गरी स्थानियको रोहबरमा नष्ट गरिएको थियो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।