लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ६ भाद्र

         महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले यही भाद्र ५ गते १६:०० बजे काठमाण्डौ  नागर्जुन नगरपालिका-९ स्युचाटारबाट, २ जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा  काठमाण्डौ नागर्जुन नगरपालिका-९ स्युचाटार बस्ने वर्ष २४ को बासु थापा मगर र सर्लाही मुर्तिया ११ घर भई काठमाण्डौ स्वयम्भु बस्ने वर्ष २९ को दिपेन्द्र महत छन् । उनीहरूको साथबाट डाईजोपाम, फेनारागन र नुर्फिन गरी जम्मा १९९ एम्पुल लागुऔषध र  नगद १४ हजार रूपैयाँ बरामद गरेको थियो । शंकास्पद रूपमा हिडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो  ।  साथै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले यही भाद्र ५ गते ११:३० बजे बुढानिलकण्ठ नगरपालिका ६ ईटालीटारबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बुढानिलकण्ठ नगरपालिका ६ ईटालीटारमा बस्ने वर्ष १९ को मनोज थापा छन् । उनको साथबाट ट्रामा २९० पिस र चरेसको धुलो जस्तो देखिने १४ ग्राम लागुऔषध बरामद गरेको छ । उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।