आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, ६ भाद्र

         प्रहरीलाई  आर्थिक प्रलोभनमा पार्ने सिन्धुपाल्चोक चौतारा घर भई भक्तपुर नगरपालिका-१ सल्लाघारी बस्ने वर्ष ५६ को गंगालाल श्रेष्ठलाई यही भाद्र ५ गते १५:२५ बजे पक्राउ गरेको छ ।  उनले जुवातास खेलाउन दिनु पर्‍यो भनि महानगरीय प्रहरी परिसर भक्तपुरमा आई प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टलाई नगद ४० हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।  निज गंगालाल श्रेष्ठलाई नगद सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि आख्तियार दुरुपयोग अनुसान्धान आयोगको  कार्यालयमा बुझाएको थियो  ।