आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, ५ भाद्र

     महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट सातदोबाटो चोकमा डिउटीमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने ना.६ ख.६ सय ७४ नम्बरको ट्रक चालक नवलपरासी रजरका सन्तोष परियारलाई पक्राउ गरेको छ । प्रहरीले यही ४ गते १५:०० बजे ट्रकको कागजपत्रहरू चेकजाँच गर्ने क्रममा परियारले प्रहरीलाई नगद २ सय रूपैया दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।