लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ४ भाद्र

     महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले यही साउन ३ गते १४:४० बजे ललितपुर गोदावरी नगरपालिका-३ गोदावरी बसपार्क नजिक जंगलबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर  गोदावरी नगरपालिका-३ टौखेल बस्ने वर्ष ३१ को सुजन कुँवर, वर्ष २६ को अनिष कुँवर र  वर्ष २६ को राज कुमार तामाङ छन् ।  उनीहरूको साथबाट डाईजेपाम, नुफिन र  फेनरागन गरी १ सय ९१ एम्पुल लागुऔषध बरामद गरेको छ । यसै गरी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले यही साउन ३ गते १८:०० बजे काठमाण्डौ महानगरपालिका-२ लाजिम्पाटबाट ताप्लेजुङ खाक्ताङलुङ गाउँपालिका-३ घर भई काठमाण्डौ महानगरपालिका-१४ कलंकी बस्ने वर्ष २६ को सुलेन लिम्बुले लुकाई छिपाई राखेको अवस्थामा डाईजोपाम, फेनारागन गरी ५२ एम्पुल  र लुपिजेसिक २६ एम्पुल सहित पक्राउ गरेको छ । दुवै  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।