लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ३ भाद्र

            महानगरीय प्रहरी वृत्त किर्तिपुरबाट खटिएको प्रहरी टोलीले यही भाद्र २ गते २०:२० बजे काठमाण्डौ किर्तिपुर नगरपालिका-१० मा त्रि.वि.आँखा अस्पताल अगाडी बा. २ ख. ९४२६ नम्बरको  पानी ट्याङ्कर चेकजाँच गर्ने क्रममा पानी ट्याङ्करमा लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध गाँजा २ किलो ३०० ग्राम, नगद ४० हजार रूपैयाँ र ४ थान मोबाइल सहित ट्याङकर चालक मकवानपुर घर भई काठमाण्डौ चोभार बस्ने वर्ष २० को दिपक लो , वर्ष ३० को देवराज गोले र वर्ष १८ को सुरेश तामाङलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।