लागुऔषध सहित पक्राउ

काठमाण्डौ, ३१ साउन

          प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय  फर्पिङबाट खटिएको प्रहरी टोलीले यही साउन ३० गते  १३:०० बजे काठमाण्डौ दक्षिणकाली नगरपालिका-५ फर्पिङमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा चेकजाँच गर्दा काठमाण्डौ  किर्तिपुर नगरपालिका-१० घर भई बस्ने वर्ष २३ को सलिल महर्जनको  साथबाट  नाईट्राभेट ८८५ ट्याब्लेट र Winpiref ६ बोत्तल बरामद गरिएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।