जुवातास खेल्ने ११ जना पक्राउ

काठमाण्डौ, ३० साउन

प्रहरीले छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।

          महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले यही साउन २९ गते १७:१५ बजे काठमाण्डौ गोकर्णेश्वर नगरपालिका- ५ जोरपाटीमा मिना लामाले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद १९ हजार १ सय ५० रूपैयाँ  र खाजा घर संचालक मिना लामा सहित ६ जनालाई पक्राउ गरेको  छ ।

          यसै गरी महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले यही साउन २९ गते १७:५० बजे काठमाण्डौ-६ बौद्ध रामहिटीबाट   जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद २ हजार ७ सय ९० रूपैयाँ  र सोलुखुम्बु घर भई काठमाण्डौ बौद्ध रामहिटी स्थित हिमालयन शेर्पा किचन संचालन गरी बस्ने वर्ष ३६ को निमा शेर्पा सहित ५ जनालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।