पाकेटमार नियन्त्रणमा

काठमाण्डौ, २९ साउन

           महानगरीय प्रहरी वृत्त जगतीबाट खटिएको प्रहरी टोलीले यही साउन २८ गते  १८:०० बजे  भक्तपुर सुर्यविनायक नगरपालिका-५ सल्लाघारीमा बा. ३ ख ८२५४ नम्बरको बसमा सवार भारत मोतिहारी घर भई काभ्रे पनौती बस्ने वर्ष ३१ को सरोज कुमारको साथमा भएको नगद २३ हजार रूपैयाँ पकेटमारी भाग्ने क्रममा काभ्रे, भुवदेउ घर भई काठमाण्डौ बौद्ध बस्ने वर्ष २८ को सोनम लामा र काभ्रे नमबुद्ध नगरपालिका-५ घर भई ललितपुर हरिसिद्धी बस्ने वर्ष २२ को गंगा बहादुर तामाङलाई उक्त नगद सहित पक्राउ गरेको थियो ।  घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।