लागुऔषध सहित नियन्त्रणमा

काठमाण्डौ, २९ साउन

          महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपलिका  १६ माछापोखरीबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी, औरही नगरपालिका  १ घर भई ललितपुर थसीखेल बस्ने वर्ष १७ को अम्बर साह र सिन्धुपाल्चोक घर भई काठमाण्डौ म्हैपी बस्ने वर्ष १७ को उमेश लफड छन् । उनीहरूको साथबाट प्रहरीले ट्रामा नामक २१२ पिस लागु औषध बरामद गरेको छ । यही साउन २८ गते १४:४५ बजे  माछापोखरी बुद्ध महल अगाडी शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।