आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, २७ साउन

         महानगरीय प्रहरी विट थापाथलीबाट काठमाण्डौ महानगरपालिका ११ थापाथलीमा  खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.८९ प ४५१८  नम्बरको मोटरसाईकल चालक सिन्धुली घर भई काठमाण्डौ कलंकी बस्ने वर्ष २२ को सबिन खड्कालाई नियन्त्रणमा लिएको छ  । प्रहरीले आज बिहान १:०० बजे चेकजाँच गर्दा खड्काले नगद १ हजार १ सय रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।