जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाण्डौ, २७ साउन

           महानगरीय प्रहरी परिसर,भक्तपुरबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ ।  यही साउन २६ गते १९:०० बजेको समयमा मध्यपुर ठिमी नगरपालिका ९ राधेराधे स्थित शुभकामना होटलमा जुवातास खेलिरहेको अवस्थामा नगद ३० हजार ६ सय ४० रूपैयाँ र ६ बुक तास सहित ४ जनालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।