लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २६ साउन

                प्रहरीले लागुऔषध सम्बन्धी छुटाछुट्टै घटनामा ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले यही साउन २५ गते १४:०० बजे  काठमाण्डौ महानगरपालिका-१४ कलंकी स्थित रिजन गेष्ट हाउसबाट चन्द्रागिरी नगरपालिका थानकोट बस्ने पुर्ण दास गोपाली, सोही ठाउँका सुनिल श्रेष्ठ, कलंकी बस्ने मकवानपुरका सोनाम तामाङ, सुनसरी बराह नगरपालिका-६ का विनोद कार्की र धादिङ बैरेनीका सुरेश लामालाई पक्राउ गरेको छ । निजहरुको साथबाट प्रहरीले नगद ९२ हजार, फेनरागन, डाईजेपाम र नुफिन गरी ३७ एम्पुल बरामद गरेको । सोही घटनामा संलग्न भएका बा. १ ज .७८७७ नम्बरको ट्याक्सी चालक जिवन राणाको ट्याक्सी र कोठाबाट लागुऔषध फेनरागन, डाईजेपाम र नुफीन गरी ७ सय ३१ एम्पुल, नगद  २ लाख ७९ हजार ५ सय  रूपैया,  सुन र चादीका गरहगहना समेत बरामद गरेको छ । सही घटनामा एक महिलालाई पनि पक्राउ गरेको छ ।

           यसै गरी महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही २५ गते १४:०० बजे चन्द्रागिरी नगरपालिका-६ थानकोट चेकपोष्ट बस्ने बिजय गिरीको बा.९४ प.९९५३ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा लागुऔषध डाईजेपाम, फेनरागन र नुफिन गरी ६० एम्पुल र सिरिन्ज १४ थान समेत बरामद गरेको छ ।

दुबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।