डलर भनि ठगी गर्ने नियन्त्रणमा

काठमाण्डौ, २५ साउन

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले यही साउन २४ गते १७:३० बजे ललितपुर महानगरपालिका २५ सिताहिटीबाट विदेशी मुद्रा डलर ठगी गर्ने सिन्धुपाल्चोक घरभई काठमाण्डौ जोरपाटी बस्ने बर्ष-४४ को हर्कबहादुर तामाङलाई पक्राउ गरेको छ । निजले २०७६/०३/१७ गते  डलरसँग  सटही गर्ने भनि एक व्यक्तीसँग नगद ४ लाख रूपैयाँ गरी ठगी  गरेका थिए । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।