आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, २५ साउन

         महानगरीय ट्राफिक प्रहरी प्रभाग दरवारमार्गबाट काठमाण्डौ महानगरपालिका २८ जमलमा  खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.६५ प २७९५  नम्बरको मोटरसाईकल चालक पासाङ लामालाई नियन्त्रणमा लिएको छ  । प्रहरीले यही २४ गते १८:०० बजे चेकजाँच गर्दा लामाले नगद ५ सय रूपैया दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

साथै महानगरीय प्रहरी वृत्त बालाजुबाट काठमाण्डौ महानगरपालिका १६ माछापोखरीमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.२१ च ५८६४ नम्बरको तरकारी बोक्ने टाटा गाडी चालक काठमाण्डौ फुटुङ बस्ने वर्ष ३६ को जितमान राईलाई नियन्त्रणमा लिएको छ  । यही २४ गते १८:४५ बजे समयमा निज राईले जथाभावी रोकी सवारी आवागमनमा वाधा पुर्‍याईएकोले कारबाहि गर्ने क्रममा राईले नगद १ सय रूपैया दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

साथै प्रहरीले यही साउन २४ गते १३:००बजे ललितपुर महानगरपालिका एकान्तकुना स्थित सडकमा ना. ६ ख १४ नम्बरको ट्रकको कागजपत्र चेकजाँच गर्ने क्रममा ट्रक चालक  सिन्धुली घर भएको वर्ष ३२ को गोविन्द सार्कीलाई पक्राउ गरेको छ । निजले सार्कीले  नगद २ सय रूपैया दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।