जुवातास खेल्ने ६ जना नियन्त्रणमा

काठमाण्डौ, २५ साउन

      महानगरीय प्रहरी वृत्त  स्वायम्भूले जुवातास खेल्ने ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यही २४ गते २०:३४ बजे नागार्जुन नगरपालिका ७ शरणपुर स्थित रामेछाप दोरम्बा घर हुने वर्ष ३७ की दिलु थापाले जस्ताको टहरा बनाई सञ्चालन गरेको चिया नास्ता पसलमा जुवातास खेलिरहेको अबस्थामा रामेछाप दोरम्बा घर हुने वर्ष ३७ की दिलु थापा सहित ६ जनालाई २ बुक तास र नगद ३५ हजार रूपैया सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।