लागुऔषध सहित नियन्त्रणमा

काठमाण्डौ, २३ साउन

महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज बिहान ११:३० बजे काठमाण्डौ महानगरपालिका - १४, बल्खुबाट जिल्ला मोरङ, रंगेली-६ घरभई काठमाण्डौ, कुलेश्वर बस्ने बर्ष-२६ को लक्की सिंहलाई लागुऔषध सहित पक्राउ गरेको छ । निजको साथबाट लागुऔषध नाईट्राभेट- २८ ट्याब्लेट, ट्रामा थान-३०२, गाँजा ५० ग्राम, नगद ४४ हजार रूपैयाँ र भारु.११ सय बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।