जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, २३ साउन

         महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा यही साउन २२ गते २०:३० बजे ललितपुर महानगरपालिका-२३ धापाखेल स्थित रंजित महर्जनले संचालन गरेको डाउनटाउन अपार्टमेन्टमा जुवातास खेलिरहेको अवस्थामा नगद  ८ लाख ४० हजार रूपैयाँ, कौडा थान १६, पासा १ सेट र तास १ बुक सहित अपार्टमेन्ट संचालक ललितपुर महानगरपालिका-८ पाटन बस्ने वर्ष ३७ को रंजित महर्जन सहित १२ जनालाई पक्राउ गरेको छ ।