लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २१ साउन

  महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा यही साउन २१ गते  बिहान १०:०० बजे काठमाण्डौ महानगरपालिका गौशला स्थित शंकर गेष्टहाउसबाट सप्तरी बलानबिहल गाउँपालिका ३ घर हुने बर्ष १९ को मुकेश कुमार यादव र दोलखा गौरीशंकर गाउँपालिका ७ घर भई भक्तपुर बालकोट बस्ने बर्ष २३ को पर्वत कार्कीलाई  लागुऔषध सहित पक्राउ गरेको छ । उनीहरूको साथबाट लागुऔषध डाईजेपाम, फेनारगन र  नुर्फिन गरी जम्मा ७०० एम्पुल बरामद गरेको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।