कस्तुरीको बिना सहित २ जना पक्राउ

काठमाण्डौ, २०  साउन

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले यही साउन १९ गत ाउ गरेको छ । १४:४५ बजे काठमाण्डौ तार्केश्वर नगरपालिका-१० मनमैजु स्थित मालपोत कार्यालय नजिक दुर्लभ बन्य जन्तु किनबेच भैरहेको भन्ने गोप्य सुचनाको आधारमा बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलिले दोलखा बिगु नगरपालिका-४ का बाबु नेपाली र सोही ठाउँका रमेश लामा समेतलाई चेक जाँच गर्दा प्लास्टिकमा पोको पारी पाईन्टको गोजीमा लुकाई छिपाई राखेको अबस्थामा कस्तुरीको बिना जस्जो देखिने सेतो बस्तु अ. ७७.४५ ग्राम ( ४ वटा डल्ला) फेला परेकोले दुबै जनालाई उक्त बस्तु सहित नियन्त्रणमा लिई बृत्त लैनचौरमा राखि अनुसन्धान भईरहेको छ ।