आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, २० साउन

  महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गबाट काठमाण्डौ महानगरपालिका-२७ जमल चोकमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.७ च ९७९६  नम्बरको कार चालक उदयपुर मोस्ने गाउँपालिका १ घर भई काठमाण्डौ किर्तिपुर बस्ने वर्ष १८ को मनराज आले मगरलाई  नियन्त्रणमा लिएको छ । यही साउन १९ गते ०९:४५ बजे जमल स्थित सडकमा चेकजाँचको क्रममा मगरले प्रहरीलाई नगद  १ सय रूपैया दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।