घरेलु मदिरा नियन्त्रणमा

काठमाण्डौ, १३ साउन

            महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले यही साउन १२ गते १५:०० बजे काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार एरियामा चेकजाँच गर्दा अवैध घरेलु मदिरा ३०० लिटर र कच्चा पदार्थ ४००० किलो र घरेलु मदिरा बनाउने भाडा-५ वटा समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।