आर्थिक प्रलोभनमा पर्ने नियन्त्रणमा

काठमाण्डौ, १३ साउन

          माहनगरीय प्रहरी वृत्त ठिमीबाट नयाँठिमी चोकमा खटीएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.३५ प.६१७८ नम्बरको मोटरसाईकल चालक संखुवासभा घर भई ललितपुर इमाडोल बस्ने वर्ष २० को संजिव योञ्जनलाई पक्राउ गरेको छ ।यही १२ गते १९:४५ बजे   योञ्जनलाई चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएकाले कारबाही गर्न खोज्दा निजले  प्रहरीलाई नगद एक हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए ।

            यसै गरी यही १३ गते ०१:५० बजे काठमाण्डौ महानगरपालिका-२८ रत्नपार्क विधुत प्राधिकरण नजिक विवाद गरी बसेको अबस्थामा महानगरीय प्रहरी वृत सिंहदरवारबाट खटिएको प्रहरी टोलिले काठमाण्डौ जोरपाटी बस्ने वर्ष २९ को नोर्वु तामाङ र काठमाण्डौ गोकर्णेश्वर नगरपालिका ७ बस्ने वर्ष २६ को दिबेश लामा समेतलाई नियन्त्रणमा लिई कार्यालयमा लैजाने क्रममा निजले  प्रहरीलाई नगद एक हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । घटना सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको छ ।