लागुऔषध सहित नियन्त्रणमा

काठमाण्डौ, १३ साउन

     महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही साउन १२ गते २०:०० बजे काठमाण्डौ नागार्जुन नगरपालिका-४ बाफल मातादेवी पेट्रोल पम्प नजिक चेकजाँच गर्दा काठमाण्डौ चन्द्रागिरी नगरपालिका-६ का २४ वर्षिय  सुजन खड्का र रामेछाप गोश्वारा घर भई काठमाण्डौ नागर्जुन नगरपालिका-४ बाफल बस्ने वर्ष २४ को साजन थापा मगरलाई पक्राउ गरेको छ । निजहरूको साथबाट लागुऔषध नुफिन, डाईजोपाम र फेनरागन गरी जम्मा १३५ एम्पुल लागुऔषध बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

        यसै गरी महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन १२ गते २०:०० बजे काठमाण्डौ महानगरपालिका-१५ सोल्टी दोबाटोमा चेकजाँच गर्ने क्रममा सर्लाही हरिवन-१० घर भई काठमाण्डौ कलंकी बस्ने वर्ष ३० को पूर्ण बहादुर घिमिरेको साथबाट नाईट्राभेट ४५ ट्याब्लेट बरामद गरेको छ ।  निजलाई नाईट्राभेट ४५ ट्याब्लेट सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ  ।