आर्थिक प्रलोभनमा पर्ने नियन्त्रणमा

काठमाण्डौ, १२ साउन

          माहनगरीय प्रहरी वृत्त स्वयम्भुबाट  सानो भर्‍याङमा खटीएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ११ गते २३:०० बजे   ग.९ प.६०८१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा  सानो भर्‍याङ बस्ने  मिलन तामाङ र नैकाप बस्ने मिरन पुनलाई पक्राउ गरको छ । निजहरूलाई चेकजाँच गर्दा प्रहरीलाई नगद ५ सय दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए ।

          यसै गरी   यही १२ गते ०२:५० बजे काठमाण्डौ महानगरपालिका-२८ रणदिप चोकबाट  स.९ प.३२०९ नम्बरको मोटरसाईकल चालक सिराहा औरही गाउँपालिका-४ का आशिष आनन्द कुमार यादवलाई पक्राउ गरेको छ । यादवले बिना हेल्मेट मोटरसाईकल चलाईरहेको अबस्थामा महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरी टोलीले कारवाही गर्न खोज्दा निजले प्रहरीलाई नगद ४ सय रूपैया दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । घटना सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको छ ।