लागुऔषध सहित नियन्त्रणमा

काठमाण्डौ, १२ साउन

          महानगरीय प्रहरी वृत्त स्वयम्भुले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ११ गते २१:३० बजे नागार्जुन नगरपालिका-२ सानो भर्‍याङमा बा. ९५ प. ६२६८ नम्बरको मोटरसाईकल लाई चेकजाँच गर्दा काठमाण्डौ महानगरपालिका-१५ छाउनी बस्ने करण नेपालको साथबाट लागुऔषध ट्रमा १५३ ट्याबलेट बरामद गरेको छ । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।