जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, १२ साउन

      महानगरीय प्रहरी वृत्त बालाजुले  जुवातास खेल्ने १० जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ११ गते १९:३० बजे काठमाण्डौ महानगरपालिका-१६ ढुङगेधारा स्थित न्यू जामाचोक हार्डवेयरमा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँ बस्ने नविन तामाङ सहित १० जनालाई नगद १४ हजार ८ सय रुपैया सहित नियन्त्रण लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।