जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, ०५ साउन

         प्रहरीले छुटा छुट्टै घटनामा जुवातास खेल्ने २५ जनालाई नगद २ लाख ७२ हजार २ सय ९० रूपैया सहित पक्राउ गरेको छ ।  यही ४ गते १६:०० बजे भक्तपुर सुर्यविनायक नगरपालिका-६ स्थित करण क्याफेमा जुवातास खेलिरहेको अबस्थामा महानगरीय प्रहरी वृत्त जगातीले ७ जनालाई नगद ७० हजार १ सय ९५ रूपैया सहित नियन्त्रणमा लिएको छ ।

            यसै गरी महानगरीय प्रहरी वृत्त बौद्धले काठमाण्डौ महानगरपालिका-६ स्थित एक घरमा जुवातास खेलिरहेको अबस्थामा ९ जनालाई नगद १ लाख ५६ हजार रूपैया सहित पक्राउ गरेको छ । यसै गरी महानगरीय प्रहरी प्रभाग बलम्बुले चन्द्रागिरी नगरपालिका-१३ नैकाप स्थित एक घरमा जुवातास खेलिरहेको अबस्थामा ९ जनालाई नगद ४६ हजार ९५ रूपैया सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।