आर्थिक प्रलोभनमा पार्ने खोज्ने चरेश सहित नियन्त्रणमा

काठमाण्डौ, ०५ साउन

          महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट काठमाण्डौ महानगरपालिका-२ टुकुचामा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा. ७४ प. ९११० नम्बरको स्कुटी चालक काभ्रे चौवास नगरपालिका-४ का सुनिल तामाङलाई पक्राउ गरेको छ । प्रहरीले तामाङलाई चेकजाँच गर्दा निजका साथबाट ४ ग्राम चरेश फेलापारी कारबाही गर्न खोज्दा तामाङले प्रहरीलाई नगद ४ हजार रूपैया दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । प्रहरीले नगद र चरेश सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।