२ के.जी. सुन सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ०५ साउन

            महानगरी प्रहरी वृत्त थानकोटले सुन सहित १ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रसुवा गोसाईकुण्ड गाँउपालिका-५ का मिन बहादुर तामाङ रहेका छन ।   यही ४ गते २१:०० बजे चन्द्रागिरी नगरपालिका-२ नागढुंगामा भैरहवाबाट काठमाण्डौ आउँदै गरेको लु.२ ख. ६५२ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा  तामाङको  साथबाट  २ केजी सुन बरामद गरेको छ । तामाङले कोलो टेपले बेरी आफ्नो कम्बरमा बाधि ल्याएको ६ से.मी. लम्बाई र ११ से.मी.गोलाईको २ थान मादल आकारमा फेला पारेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।