पेस्तोल सहित ३ जना पक्राउ

काठमाण्डौ, ३० असार

            महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको प्रहरी टोलीले यही असार २९ गते १७:३० बजे काठमाण्डौ महानगरपालिका-२६ मित्रनगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटलबाट पेस्तोल  सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका २९ बर्षिय प्रितम राई, ३७ बर्षिय  राम कुमार राई र भारत दार्जिलिङ घर भई काठमाण्डौ टोखा बस्ने ३६ बर्षिय  सविन खवास छन् । उनिहरूको  साथबाट  Barat Made in Italy लेखिएको अटोमेटीक पेस्तोल थान १ (एक) र  पेस्तोल लाग्ने गोली ५ राउण्ड र २२० सि.सि.को बा. ६७ प. २६६६ र बा. ९९ प. १३०३ नम्बरको दुई थान मोटरसाईकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।