लागुऔषध सहित नियन्त्रण

काठमाण्डौ, २९ असार

            महानगरीय प्रहरी परिसर,भक्तपुरबाट खटिएको प्रहरी टोलीले यही असार २८ गते १६:०० बजे भक्तपुर नगरपालिका १० डेगोनाबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-२ ब्यासी घर भई बस्ने बर्ष २८ को नविन साही र सोही स्थान बस्ने बर्ष १६ को देव गोसाई छन् । निजहरूको साथबाट  नाईट्राभेट १५० ट्याब्लेट, ट्रामा ३५०ट्याब्लेट र पोल्याड ५ वटा बरामद गरी आवश्यक अनुसन्धान भई रहेको छ ।

            साथै महानगरीय प्रहरी प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले यही असार २८  गते २१:०० बजे ललितपुर महानगरपालिका १५ सातदोबाटो चोकमा चेकजाँचको क्रममा  पाल्पा घर भई ललितपुर ग्वार्को बस्ने वर्ष ३० को गोपाल मगरलाई लागुऔषध सहित पक्राउ गरेको छ । निजको साथबाट लागुऔषध नोर्फिन,डाईजेपाम र फेनरागन गरी ३९ एम्पुल बरामद गरी आवश्यक अनुसन्धान भई रहेको छ ।