जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, २९ असार

            प्रहरीले छुटा छुट्टै घटनामा जुवातास खेल्ने १२ जनालाई नगद १ लाख ७२ हजार ५ सय ५० रूपैया सहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले यही असार २८ गते १५:३० बजे काठमाण्डौ चन्द्रागिरी नगरपालिका-११ सतुंगलबाट जुवातास खेलिरहेको अवस्थामा नगद  ४५ हजार २ सय ५० रूपैयाँ र तास ३ बुक सहित ४ जनालाई  नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।

            साथै महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले यही असार २८ गते १७:०० बजे काठमाण्डौ नागार्जुन नगरपालिका-२ पानधाराबाट जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २७ हजार ३ सय रूपैयाँ र तास ७ बुक सहित ८ जनालाई  नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।