लागुऔषध सहित नियन्त्रण

काठमाण्डौ, २७ असार

            महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही असार २६ गते १९:३० बजे चन्द्रागिरी नगरपालिका-०६ हाईभिजनबाट सोही ठाउँका विवेक रिजाललाई नाईटाजेपाम १६५ ट्याबलेट लागुऔषध सहित पक्राउ गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।