जुवातास खेल्ने नियन्त्रणमा

ललितपुर, २७ असार

            महानगरीय प्रहरी वृत्त चापागाँउले छुटा छुट्टै घटनामा जुवातास खेल्ने २२ जनलाई नगद ५ लाख ५७ हजार ६ सय ५० रूपैया सहित पक्राउ गरेको छ । प्रहरीले यही असार २६ गते २०:०० बजे ललितपुर गोदावरी नगरपालिका-१० झ्याङलुङटार स्थित भ्यु कटेजमा तास खेलिरहेको अबस्थामा ललितपुर गोदावरी नगरपालिका-११ का कृष्ण चन्द्र देशार सहित १४ जनालाई नगद ५ लाख ९ हजार ७ सय ५५ रूपैया सहित पक्राउ गरेको छ । यसै गरी सोही समयमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी सिभिल होम्स पछाडी मान बहादुर श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अबस्थामा यही सुनाकोठी बस्ने भोजपुरका अदिप राई सहित ८ जनालाई नगद ४७ हजार ९ सय ३० रूपैया सहित पक्राउ गरेको छ  । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।