घरेलु मदिरा नष्ट गरिएको

काठमाण्डौ २१ गते,

महानगरीय प्रहरी बृत्त, सिंहदरबारको टोलीले साझ १५:३० बजे का.जि. का.म.न.प.-२९ घट्टेकुलो स्थित डोल्मा शेर्पाले संचालन गरेको ताप्लेजुङ्ग होटलमा चकेजाँच गर्ने क्रममा विक्री वितरणको लागि राखिएको अवैध घरेलु मदिरा अ.४० लिटर फेला पारी नष्ट गरिएको छ ।