घरेलु मदिरा नियन्त्रणमा

काठमाण्डौ, १९ असार

            महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले यही असार १८ गते १५:०० बजे देखी १८:०० बजेको  समयमा   चेकजाँच गर्दा काठमाण्डौ  चन्द्रागिरी नगरपालिका-१५ नैकापबाट ८०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई स्थानिय व्यक्तिहरुको रोहबरमा नष्ट गरिएको छ  ।

            यसैगरी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले यही असार १८ गते १४:३० बजे देखि १८:०० बजे सम्म नयाँबस्ती, जम्बुडाँडा, जोरपाटी, थली तथा मुलपानीमा चेकजाँच गर्दा २०० लिटर घरेलु अवैध मदिरा र १४०० लिटर कच्चा पदार्थ बरामद गरेको छ ।