जुवातास खेल्ने मानिस नियन्त्रणमा

काठमाण्डौ, १९ असार

            महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले यही असार १८ गते १६:३० बजे काठमाण्डौ महानगरपालिका-३१ नयाँबानेश्वर ICC भवन पछाडी जयराम ठकुरीको घरमा जुवातास तास खेलि रहेको अवस्थामा नगद १ लाख ९९ हजार ५ सय रूपैयाँ, १० बुक तास र घर धनी जयराम ठकुरी सहित ८ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।