नक्कली सवारी चालक अनुमती पत्र बनाउने मानिस नियन्त्रणमा

काठमाण्डौ, १९ असार

            प्रहरीले यही असार १८ गते १८:०० बजे काठमाण्डौ महानगरपालिका-७ चावाहिलबाट नक्कली सवारी चालक अनुमती पत्र बनाउने सामान सहित काठमाण्डौ तिलगंगा बस्ने वर्ष ३८ को राजेश्याम नगरकोटी, सिन्धुपाल्चोक सानो सिरुवारी घर भई काठमाण्डौ चावाहिल बस्ने वर्ष ३८ को राजेश कुमार श्रेष्ठ र रामेछाप नगरपालिका -५ घर भई काठमाण्डौ कलंकी बस्ने वर्ष ४० को मुनाल कुमार मोक्तानलाई पक्राउ गरेको छ । निजहरूको साथबाट नक्कली सवारी चालक अनुमती पत्र, प्रिन्टर थान १ र चालक अनुमती पत्र बनाउन प्रयोग हुने पेपर र यातायात व्यबस्था विभागको नगदी रसिद सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।