स्कुटर चोरी गर्ने ३ जना मानिस नियन्त्रणमा

काठमाण्डौ, १९ असार

            महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोली चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ । यही असार १९ गते ०२:३० बजे काठमाण्डौ महानगरपालिका-२७ हिमालय बैंक अगाडी पार्किङ्गबाट बा.८७ प २३१३ नम्बरको स्कुटर चोरी गरी लैजादै गर्दा ईलाम नगरपालिका-४ घर भई काठमाण्डौ नयाँबानेश्वर बस्ने वर्ष २३ को अरुण श्रेष्ठ, संखुवासभा खाँदबारी नगरपालिका-१२ घर भई सोही स्थान बस्ने धिरेन कटुवाल र काठमाण्डौ महानगरपालिका-३२ तिनकुने बस्ने वर्ष २१ को अनुप तिवारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।