लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १८ असार

            महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले यही असार १७ गते  १२:१५ बजे भक्तपुर ठिमी नगरपालिका  ३ कौशलटारबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । भक्तपुर कौशलटारबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा. ६६ प २०५७ नम्बरको  स्कुटी आफैँ अनियन्त्रित भई सडकको रेलिङ क्षति गराई फरार हुन खोज्दा प्रहरी टोलीले पिछा गरी नियन्त्रणमा लिई स्कुटी चालक ललितपुर बाडेगाउँ बस्ने वर्ष २९ को रोशन श्रेष्ठलाई चेकजाँच गर्दा निजको साथबाट नुफिन, फेनारागन र डाईजेपाम गरी १०३ एम्पुल लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ । यसैगरी यही असार १७ गते १३:१५ बजे भक्तपुर ठिमी नगरपालिका  ४ नयाँठिमीबाट दोलखा घर भई भक्तपुर नयाँठिमी बस्ने वर्ष १९ को अञ्जन राई र  झापा घर भई सोही स्थान बस्ने वर्ष २४ को अनुप खड्कालाई लागुऔषध पक्राउ गरेको छ । निजहरूको साथबाट लागुऔषध ट्रामा ४१ पिस बरामद गरी आवश्यक अनुसन्धान भई रहेको छ ।