लागुऔषध सहित पक्राउ

काठमाण्डौ, १७ असार

          महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही असार १६ गते १९:०० बजे भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ राधेराधे स्थित थकाली भन्साघरबाट सिन्धुपाल्चोक बाह्रबिसेका दिपेश थापा,  तुलाराम तामाङ्ग र अशोक तामङलाई डाईजेपाम, फेनरागन र नुफिन गरि ४ सय २० एम्पुल लागुऔषध सहित पक्राउ गरेको छ ।

घटना सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको छ ।