सरकारी छाप, दस्तखत किर्ते गर्ने पक्राउ

काठमाण्डौ, १७ असार

            महानगरीय प्रहरी वृत्त सिंहदरबारले सरकारी छाप र दस्तखत किर्ते गर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही असार १६ गते १४:०० बजे काठमाण्डौ महानगरपालिका-११ सिंहदरबार दक्षिण गेट नजिकबाट काभ्रे धुलिखेल बस्ने लक्ष्मी अधिकारी र निजका श्रीमान राजन कुमार गाग्लेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले गृह मन्त्रालयको लेटर प्याडमा लक्ष्मीको बुबाको मृत्यु नेपाल सरकारको कारणले भएको र क्षतिपुर्ती स्वरूप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी १ अर्ब ८ करोड ७६ लाख दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको किर्ते हस्ताक्षर गरी काभ्रे रोशी गाउँपालिका ७ का वडा अध्यक्ष पोष्टनाथ वोगटीलाई लेखेको  पत्र,  १३ थान चेक,  विभिन्न मानिसहरूको राहदानी र नगद ४२ हजार २ सय १० सहित पक्राउ गरेको छ ।