भन्सार छली ल्याएको समान सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १७ असार

            महानगरीय प्रहरी वृत्त स्वयम्भुले भन्सार छली ल्याएको विभिन्न समानहरू सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही असार १६ गते १७ :०० बजे काठमाण्डौ महानगरपालिका-१५ डल्लु झोलुङगेपुल सडक खण्डमा भारत कलकत्ता चल्ने WB-33-E-1051 नम्बरको बसलाई चेकजाँच गर्दा सुर्ती १५ सय प्याकेट, फलामको डाडु २९ थान,पन्यु ७ थान झाझर १ सय २० थान, अष्टगन्ध कुमकुम ६ सय ८४ थान Green signal tobacco ४० बट्टा , सिल प्याक बट्टामा SANDALOL S-II HIGH BOILE लेखिएको तरल पदार्थ सहित काठमाण्डौ महानगरपालिका-२७ असन बस्ने ओम प्रकास चौरासीया लाई पक्राउ गरेको छ । घटना सम्बन्धमा अनुसन्धान भईरेको छ ।