आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, १६ असार

            महानगरीय प्रहरी वृत्त कालीमाटीबाट काठमाण्डौ महानगरपालिका-१३ सोल्टीमोडमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.४ ख ९९८ नम्बरको ट्रक चालक जिल्ला धादिङ धुनिवेसी नगरपालिका-५ बस्ने वर्ष २५ को सुभाष श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीले यही असार १५ गते २३:०० बजे सोल्टीमोड सडकमा चेकजाँच गर्दा ट्रकको ढाला खोली सामान बोकेकोले कारबाही गर्न खोज्दा सुभाषले प्रहरीलाई नगद १ सय रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।