जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, १२ असार

            महानगरीय प्रहरी वृत्त बौद्धले जुवातास खेल्ने ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही असार ११ गते १७:५० बजे काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-९ आरुवारी स्थित एक घरमा जुवातास खेलिरहेको  अवस्थामा गोरखाका देवान लामा सहित ७ जनालाई नगद ३७ हजार ३ सय ८० रूपैया सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।